स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश पाउन भोलिसम्म शेयरधनी बन्नुपर्ने

२१ मंसिर २०७८, मंगलवार ११:५६

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभाशं सुरक्षित गर्ने भोलि (मंसिर २२ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार कात्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनश शेयर र १ दशमलव ७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त प्रस्तवित लाभांश पारितका लागि कम्पनीले पुस ८ गते संस्थाको केन्द्रिय कार्यालयमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट बस्नेगरी साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*