दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका, कसले कति लाभांश दिदैछ ?

२१ मंसिर २०७८, मंगलवार १३:२०

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २३ गर्ते अन्तिम दिन रहेको छ ।

आइसिएफसि फाइनान्स लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) मंसिर २३ गते गर्ने भएसँगै बुकक्लोजको अघिल्लो दिन भोलिसम्म कायम शेयरधनीले मात्र यी दुई कम्पनीको लाभांश पाउनेछन् ।

आइसिएफसि फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ५ गते वार्षिक साधारण सभा आव्हान गरेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तले गत आवको मुनाफाबाट ३२.३० प्रतिशत बोनस शेयर र १.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ३४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारितका लागि पुष ८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*