बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२१ मंसिर २०७८, मंगलवार १५:०९
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँको कारोबार भएको छ ।
शेयर बजार खुलेको केही समयसम्म हरियाली छाएतापनि बन्द हुने समयसम्म शेयर मार्केट फेरी ओरालोतर्फ लागेको छ । आज नेप्से ३७ अंकले घटेर कारोबार समेत ३ अर्बमा सिमित हुन पुगेको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा प्राइम कमर्सिलय बैंक रहेको छ । बैंकको आज एकैदिन १२ करोड ३६ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख, आइसिएफसि फाइनान्सको ११ करोड १ लाख, अपि पावर कम्पनीको १० करोड ४ लाख र एचआइडिसिएलको ९ करोड ४४ लाख भन्दा माथिको कारोबार भएको छ ।