नेप्से ३७ अंकले घट्दा कारोबार ३ अर्बमा सीमित, दश उपसूचक राताम्य

२१ मंसिर २०७८, मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा फेरी गिरावट आएको छ । सोमबार हरियाली छाएको नेप्से परिसूचक आज पुनः घटेर ३७ अंकको गिरावटमा आएको छ । नेप्से आज १.४६ प्रतिशतले घटेर २५०८.९० विन्दुमा पुगेको छ ।

मंगलबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँको कारोबार भएको छ ।

साथै सोमबार नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएकोमा आज २ उपसूचक बाहेकका सबै उपसूचक राताम्य भएका छन् । ट्रेडिङ समूह र म्युचुल फण्ड समूहमा आज हरियाली छाएको छ भने सर्वाधिक निर्जीबन बीमा समूहमा १६०.९८ रुपैयाँले घटेको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा प्राइम कमर्सिलय बैंक रहेको छ । बैंकको आज एकैदिन १२ करोड ३६ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । साथै आज सर्वाधिक कमाउने कम्पनीहरुमा म्चुचुल फण्ड रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*