धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

२१ मंसिर २०७८, मंगलवार १९:३६

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।सरकारले ढुंगानालाई बोर्डको अध्यक्ष पदबाट बर्खास्त गरेको विरोधमा ढुंगाना सर्वोच्च अदालत पुगेका थिए । सर्वोत्तम सिमेन्टको सेयर ओटीसी बजारमा खरिद गरेको विषयमा विवाद उत्पन्न भएपछि उनीविरुद्ध सरकारले अध्ययन समिति गठन गरेको थियो ।

उक्त समितिको प्रतिवेदनका आधारमा ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । बर्खास्त लगत्तै सर्वोच्चमा सरकारलाई चुनौती दिएका ढुंगानाले दायर गरेको रिटको आज सुनुवाई भएको थियो ।न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला आज सुनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*