पैसा नभएपछि बैंकमा तनाव बढ्दै, राष्ट्र बैंकमा सापटी लिने बैंकहरुको चर्को लाईन

२१ मंसिर २०७८, मंगलवार २२:५९

काठमाडौं । बैंकहरुले अनिवार्य रुपमा राख्नुपर्ने तरलता नभएपछि केन्द्रीय बैंकमा ऋण सापटी माग्दै लाइन बस्नेहरुको भिड बढिरहेको छ । केन्द्रीय बैंकका अनुसार आज मात्रै बैंक तथा वित्तीय संस्थाहरुसँग पैसा नभएपछि करिब आधा खर्ब रुपैयाँ सापटी चलाएर सिडी रेसियो ९० प्रतिशत कायम गरेका छन् ।

अभाव चर्किएर अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत हुन छाडेपछि बैंकहरुले एकै दिन आधा खर्ब रुपैयाँ सापटी लिएर ग्राहकको लागि पैसा जोहो गरेका छन् । विगत चार महिनादेखि चल्दै आएको तरलता अभाव अझै हटिसकेको छैन । विगतका महिनाहरुमा दैनिक १०–१५ अर्ब रुपैयाँ सापटी लिने अवस्थाबाट पछिल्लो पटक दैनिक आधा खर्ब रुपैयाँ सापटी लिने अवस्थामा देश पुगेको छ ।

राष्ट्र बैंकका अनुसार,मंगलबारसम्म गरेर चालु आर्थिक वर्ष २१ खर्ब ४६ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन् । कूल ४७ खर्ब निक्षेम रहेकोमा एक साता अवधीको तरलता सुविधा पटक पटक लिँदा धेरै देखिएको हो ।

यति हुँदा समेत केन्द्रीय बैंकले प्रभावकारी नियमन गर्न नसकेपछि अर्थ समितिले तरलता अभावको विषयमा गम्भिर छलफल गर्ने भएको छ । अर्थ समितिले सरकारलाई तरलता अभावको स्थायी समाधान खोज्ने योजना बनाउन निर्देशन दिन सक्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*