एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर लिलामीमा

२२ मंसिर २०७८, बुधबार १०:४५

एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।बैंकले सर्वसाधारण समूहको २७ हजार २५७। २००४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। बैंकले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म १० बरारब ३ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका २४ लाख ३३ हजार ३६३।६७४२ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको थियो। सोही निष्काशनमा बिक्री नभएको शेयर बैंकले लिलाम बिक्री गर्न लागेको हो।

उक्त शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बैंशेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*