रैराङ हाइड्रोपावरको लाभांश शेयरधनीको खातामा जम्मा, कति प्रतिशत ?

२२ मंसिर २०७८, बुधबार १०:५६

रैराङ हाइड्रोपावर कम्पनीले आफना सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराएको छ। कम्पनीले शेयरधनीको खातामा १२।६०५ नगद लाभांश जम्मा गरिदिएको हो ।
कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिदिएको जनाएको छ । हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ ।
बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ । रैराङको कात्तिक १७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट १२।६०५ नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*