लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका

२२ मंसिर २०७८, बुधबार ११:४९

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २३ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर २४ गते एक दिनका लागि बुुक क्लोज गर्ने भएकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा पुस ८ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*