नेप्सेमा ५३ अंकको गिरावट आउँदा २ अर्बमा खुम्चियो कारोबार

२२ मंसिर २०७८, बुधबार १५:२७

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अंककै गिरावट आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंक अर्थात् २.१२ प्रतिशतले घटेर २४५५.८१ विन्दुमा झरेको छ ।

नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुदाँ करिब साढे २ अर्ब माथिको कारोबार भएको छ ।
नेप्समो रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूह २९४ रुपैयाँ र निर्जीबन बीमा समूहमा २३५ रुपैयाँले घटेको छ ।

त्यस्तै, नेपाली शेयर मार्केट आज निराशाजनक अवस्थामा रहेपनि केही कम्पनीहरुको भने शेयरमूल्य बढ्न पुगेको छ । आज प्रायजसो म्युचुल फण्डहरुको शेयर बढ्न पुगेको हो । सर्वाधिक स्टयाण्डर्ड चार्टर्ड बैंकको १.९४ प्रतिशत अंकले बढेको छ । साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा भने नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन ११ करोड माथिको कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*