दुई कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्छ कारोबार ?

२३ मंसिर २०७८, बिहीबार ०९:१४

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आइसिएफसि फाइनान्स र स्वभिमान लघुवित्त वित्तीय संस्थाको क्रमशः १० प्रतिशत र ३२.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम २५४० रुपैयाँका आाधारमा स्वभिमान लघुवित्तको बोनस शेयर वितरणपछिको शेयरमूल्य १९१९ रुपैयाँ ८८ पैसा कायम भएको छ । साथै आइसिएफसि फाइनान्सको अघिल्लो दिन कायम ७०३ रुपैयाँ ८० पैसाका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य ६३९ रुपैयाँ ८२ पैसा समायोजन भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*