४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ मंसिर २०७८, बिहीबार ०९:२७

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लक्ष्मी बैंक लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणका लागि मंसिर २४ गते र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्सले  मंसिर २६ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । मंसिर २४ र २५ गते शुक्रबार र शनिबार परेको कारणले यी चारै कम्पनीको लाभांश पाउन आजसम्म कायम हुनुपर्दछ ।

समता घरेलु लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुष ७ गते मिराबेल रिर्सोट एण्ड होटल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजेदेखि बस्नेगरी आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

त्यस्तै, लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीको पुष ८ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बस्ने वार्षिक साधारण सभाले पारित गर्नेछ ।

त्यस्तै, नेरुडे घलुवित्तले गत आवको मुनफाबाट २१.४८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५५ लाख ८५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरको छ । उक्त लाभांश पारित गर्न कम्पनीले षुष १० गते उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे १५ औं वार्षिक साधारणा सभा आह्वान गरेको छ ।

त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर ५.२६३२ प्रतिशत अर्थात् ११ करोड ५ लाख २७ हजार रुपैयाँ नगद लाभांश विरतण प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुष ११ गते अनमोल बैंकक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*