सूर्योदय लघुवित्तले डाक्यो आठौं साधारण सभा, वोमी लघुवित्तसँग मर्जरमा जाने मुख्य एजेण्डा

२३ मंसिर २०७८, बिहीबार १०:१२

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष १६ गते पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस गुडिखोला) मा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको गत आवको मुनफाबाट चुक्तापूँजी २४ करोड ८० लाखको २० प्रतिशत बोनस शेयर वितरण पारित गर्नेछ ।

साथै उक्त सभाले सूर्योदय लघुवित्त र वोमी लघुवित्त एकआपसमा गाभिने वा मर्जरमा जाने विषय उपर छलफल गरी पारित गर्नेछ । दुई लघुवित्त एकआपसमा गाभिएपछि गठन हुने संचालक समितिमा सूर्योदय लघुवित्तको तर्फबाट प्रतिनिधित्व गर्ने संचालन चयन गर्ने सभाको एजेण्डा रहेको छ । साथै दुई लघुवित्त गाभिएपछि संस्थाको नाम ‘सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था’ नामबाट वित्तीय कारोबार सुरु हुनेछ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धित वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १ गतेदेखि पुष १६ गतेसम्म शेयर दाखिला खारेज दता बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*