घलेम्दी हाइड्रोको आठौं साधारण सभा पुष १६ गते, यस्ता छन् एजेण्डा

२३ मंसिर २०७८, बिहीबार १०:५७

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले सभा पुष १६ गते सासा ब्याङ्गकेट, नयाँबजार, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सो सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै उक्त सभाले गत आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि लेखापरिक्षण नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक तर्फको संचालक समिति गठन गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*