महिला लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२३ मंसिर २०७८, बिहीबार १२:१२

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको चौंथौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सोही सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गरेको थियो । जसअनुसार मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*