एभरेष्ट बैंकलाई २ अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनको अनुमति

२३ मंसिर २०७८, बिहीबार १४:०३

काठमाडौं । एभेरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनले) बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

बैंकले १ हजार अंकित मूल्यका दरले २० लाख कित्ता इकाई भएको ‘एभरेष्ट बैंक डिबेञ्चर’ नामक ऋणपत्र निष्काशन गर्न मंसिर २० गते अनुमति पाएको हो । ८ वर्षे अवधि रहेको उक्त डिबेञ्चरमा वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध हुनेछ ।

बैंकले कुल इकाईमध्ये १२ लाख इकाई व्यक्तिगत तबरबाट बिक्री गर्ने र बाँकी रहेको ८ लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*