लक्ष्मी क्यापिटलद्धारा डिम्याट खातामा केवाईसी अद्यावधिक गराउन आग्रह, नगरेमा फ्रिज हुने

२३ मंसिर २०७८, बिहीबार १४:३३

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खातावालालाई हितग्राही खाता पहिचान (केवाइसी) अद्यावधिक गराउन आग्रह गरेको छ ।

क्यापिटलले हितग्राही खाता खोलि धितोपत्र सम्बन्धी कारोबार गरेका खातावालाहरुले केवाईसी अद्यावधिक नगरेको पाइएकाले यस्तो आग्रह गरेको हो ।

क्यापिटलले लक्ष्मी बैंकको शाखा कार्यालयहरु वा लक्ष्मी क्यापिटल, नयाँ बानेश्वर काठमाडौंमा गई केवाइसी अद्यावधिक गराउन अनुरोध गरेको छ । साथै, समयमै केवाइसी अद्यावधिक नगरेको खण्डमा हितग्राही खाता फ्रिज हुने क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*