नेप्से सामान्य अंकले घट्दा सामुदायिक लघुवित्तसहित आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर किनबेच भएको छ । बिहिबार नेप्से ५.८४ अकंले घट्दा २ अर्ब ६७ करोड ३३ लाख माथिको कारोबार भइरहेको छ ।
आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ५ अंकले घटेपनि आज कारोबार ह्वात्तै खुम्चिन पुगेको छ । २ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनीमा सामुदायिक लघुवित्त रहेको छ ।
लघुवित्तले बुधबार गत आवको कुनै पनि लाभांश नदिने घोषणा गरेसँगै बुधबार र बिहिबार सर्वाधिक शेयरमूल्य घटेको हो । लघुवित्तको आज ५.८२ प्रतिशत अंकले घटेको हो ।
त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको ५.१४ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ४.११ प्रतिशत, घलेम्दी हाइड्रोको ४.०२ प्रतिशत, सबैंको लघुवित्तको ३.९३ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.९० प्रतिशत र माउन्टेन इर्नजी नेपालको ३.८४ प्रतिशतले घटेको हो ।