सान्जेन जलविद्युतले आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

२३ मंसिर २०७८, बिहीबार १६:०७

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा ३९ प्रतिशत सर्वसाधारणका लागि आइपीओ जारी गरिसकेको थियो । बाँकी रहेको १० प्रतिशत बराबरको साधारण शेयर स्थानीयका लागि जारी गर्न कम्पनीले प्रक्रिया अगाडि बढाएको हो ।

बार्डबाट अनुमति पश्चात कम्पनीले १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकका रुपमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट रहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*