आइसिएफसि फाइनान्सको १८ औं साधारण सभा पुष ५ गते, यस्ता छन् एजेण्डा

२४ मंसिर २०७८, शुक्रबार १०:०३

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले १८ औं वार्षिक सााधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिले सभा पुष ५ गते सोमबार आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात र गत आावको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

त्यस्तै, आव २०७८।७९ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुष ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*