प्रभु बैंकले डाक्यो २० औं साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

२४ मंसिर २०७८, शुक्रबार १०:२२

काठमाडौं । प्रभु बैंक लिमिटेडले २० औं वार्षिक साधारणा सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको मंसिर २२ गते बसेको बैठकले सभा पुष १८ गते केन्द्रिय कार्यालय, बबरमल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालकस समितिले प्रस्ताव गरेको गत आवमा कायम चुक्तापूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने, प्राप्ति (एक्विजिशन) तथा खरिद सम्बन्धि प्रक्रिया अघि बढाउनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी उक्त सभाले पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*