एनएमबि लघुवित्तले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?

२४ मंसिर २०७८, शुक्रबार ११:००

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौ वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्रान्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ५० प्रतिशत बोनश शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७।०७८ नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*