आदर्श लघुवित्तको साधारण सभा पुस १८ गते, आइपीओ निष्कासन मुख्य एजेण्डा

२४ मंसिर २०७८, शुक्रबार १३:४३

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो साधारण सभा पुस १८ गतेका लागि बोलाएको छ । सभा केन्द्रीय कार्यालय बनेपा नगरपालिका ७ काभ्रेपलान्चोकमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ । त्यस्तै, कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा आभिन वा गाभ्नेका लागि आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*