लाभांश प्रस्ताव पारित सहित मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न

२४ मंसिर २०७८, शुक्रबार १६:३९

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौं वार्षिक साधारण सभा होटल टावर बिदुर नुवाकोटमा शुक्रबार सम्पन्न गरेको छ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो । कम्पनीको आज बसेको ११९ औं बैंठकले संजिव मानन्धरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै सभाले संस्थापक शेयरधनीहरु तर्फबाट संचालक समितिमा प्रनिनिभित्व गर्ने प्राइम कमर्सियल बैंकका तर्फबाट संजिव मानन्धर, सिटिजन्स बैंकका तर्फबाट सुमित बाबु खत्री, ग्लोब आइएमई बैंकका तर्फबाट कल्याण विक्रम पाण्डे र कुमारी बैंकका तर्फबाट सजना मानन्धर लाई निर्वारोध निर्वाचित भएका छन् ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर ९ गतेदेखी २४ गतेसम्म बुक क्लोज गरेको हुदाँ मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाएका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*