बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा बिशेष छुट

२६ मंसिर २०७८, आईतवार १७:५०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकरुहलाई लाइफ लाइन हेल्थ केयर प्रालिमा बिशेष छुट पाइने भएको छ । बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।

सम्झौता पश्चात बैंका ग्राहकहरुले लाइफ लाइनले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । लाइफ लाइन होम हेल्थ केयर ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*