गुडविल फाइनान्सले शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने

२७ मंसिर २०७८, सोमबार १०:३१

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरणका लागि प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले सोही आवसम्ममा कायम चुक्तापूँजी ८६ करोड रुपैयाँबाट ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*