छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश पाउन बुकक्लोजको मिति तय

२७ मंसिर २०७८, सोमबार १०:५४

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा शेयरधनी दर्ता किता बन्द (बुकक्लोज)को मिति तय गरेको छ ।

कम्पनीको मंििसर २६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको २० औं वार्षिक साधारण सभा पुष २३ गते हेटौंंडा–४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । साथै सोही सभाले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ७ गते देखि पुष २३ गतेसम्म बुकक्लोजको मिति तोकेको छ ।

जसअनुसार पुष ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा उपस्थित हुन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*