न्यादी हाइड्रोपावरले डाक्यो १४ औं साधारण सभा, यस्ता छन् एजेण्डा

२७ मंसिर २०७८, सोमबार ११:२१

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २८ गते कम्पनीको रजिष्टार्ड कार्यालय, बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो ।

उक्त सभाले नियमावलीको नियम ८(२) र ८(३) संशोधन गर्नेछ । साथै संचालकस समितिको प्रतिवदेदन उपर छलफल गरी पारित गर्ने र आव २०७७।०७८ को वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । साथै संचालकको बैठक भत्ता पुनरावलोकन गर्ने एजेण्डा समेत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*