शेयर बजार घट्ने क्रम रोकिएन, २२ सयमा ओर्लियो नेप्से

२७ मंसिर २०७८, सोमबार १५:२२

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ अंक अर्थात ३.३६ प्रतिशतले घटेर २२८२ विन्दुमा झरेको छ ।

त्यस्तै, नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक घट्नेमा जीवन बीमा समूह र निर्जीबन बीमा समूहको घटेको छ । निर्जीबन बीमा समूहको ५४५ रुपैयाँ ९८ पैसा र जीवन बीमा समूहको ४२५ रुपैयाँ ३३ पैसाले घटेको हो ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन १८ करोड ३ लाख ५९ हजार ३०२ रुपैयाँको कारोबार भएको हो । साथै आज सर्वाधिक कमाउने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको ९.४७ प्रतिशत अंकले बृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*