नेप्से उच्च अंकले घट्दा दुई कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट, अन्य गुमाउने कम्पनी

२७ मंसिर २०७८, सोमबार १५:२६

काठमाडौं । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच भएको छ । सोमबार नेप्से ७९.२३ अकंले घट्दा कारोबार ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँमा खुम्चिएको हो ।

आज शेयर बजार ३.३६ प्रतिशतले घटेर २२ विन्दु तल झरेको छ । सोही अंकले घट्दा दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त दुई कम्पनी स्वाभिमान लघुवित्त र दिव्यशोवरी हाइड्रोपावर रहेका छन् ।

त्यस्तै, अन्य सर्वाधिक गुमाउने कम्पनीहरुमा नेशनल हाइड्रो पावरको ९.४८ प्रतिशत, गुडवइल फाइनान्सको ९.४२ प्रतिशत, अन्खु खोला जलविद्युतको ९.२७ प्रतिशत, तेह्रथुम पावरको ९.१७ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको ९.१४ प्रतिशत र आइसीएफसी फाइनान्सको ९.१४ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*