स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औँ वार्षिक साधारणसभा सम्पन्न, १३.०६ प्रतिशत लाभांश अनुमोदन

२९ मंसिर २०७८, बुधबार १३:३८

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको छ । काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*