बैकहरुमा भएको तरलता अभाव समाधानबारे योजना बनाउन अर्थमन्त्रीको आग्रह

२९ मंसिर २०७८, बुधबार १४:१८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तरलताको अभाव समाधान गर्न अर्थमन्त्रालय गम्भीर रहेको बताएका छन् । बैकहरुमा तरलताको अभाव समाधान बारे योजना बनाएर पेश गर्न समेत आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनमा उनले बजारलाई जिम्मा दिने वा राष्ट्र बैंक मार्फत नै समस्याको सामाधान गर्ने बिषयमा बिशेष छलफल भईरहेको बताएका छन ।पुँजीगत खर्च कम भएकाले संकलित राजस्व थन्किएर बसेको कार्यक्रममा व्यक्त गरेका थिए । निजी क्षेत्रलाई तरलता समस्या समाधान उनले आवश्यक सुझाव दिन पनि आग्रह गरेका छन् ।

’सरकारलाई तरलता समस्या समाधान गर्न तपाइँहरुले दिने सुझाव हामी हेर्न चाहन्छौं। यो समस्या आगामी दुई महिनामा सामाधा हुन्छ ,’ शर्माले भने।त्यसैगरी, गैरआवासीय नेपालीहरूलाई नेपालमा डलर खातामा निक्षेप संकलनदेखि फिर्ता लैजान सकिने व्यवस्थालाई थप मार्केटिङ आवश्यक रहेको उनले बताए। ’यसले पनि देशमा पुँजी ल्याउन सहयोग पुग्छ,’ उनले भने।

नेपाल राष्ट्र बैंक बरिष्ठ डेपुटी गर्भनर निलम ढुंगानाले विभिन्न कारणले तरलता अभाव भएको भन्दै यसको समाधानको लागि विभिन्न काम गरिरहेको बताएकी छन् ।उनले कर्जाको माग र निक्षेपमा असन्तुलन हुँदा तरलता अभाव भएको बताइन । पछिल्लो समय वस्तु आयात उच्च हुनु, रेमिट्यान्समा कमी हुनु, सरकारी खर्च नहुनुलगायतका कारणले तरलता अभाव रहेको बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*