नेपाल बैंकको १२ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२९ मंसिर २०७८, बुधबार १४:३२

काठमाडौं । नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले डिजिटल बैकिङ्गका प्रविधिहरुमा विद्यार्थीहरुलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले उक्त प्रदेशका १२ जिल्लाका ३३ शाखाहरुमार्फत एकैसाथ सो कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसलगायतका विभिन्न जिल्लाका क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

३ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी ज्ञान, बैंकले लागू गरेका विभिन्न सेवा सुविधा, डिजिटल बैकिङ्ग, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै अन्य विविध बैकिङ्ग जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रदेश प्रमुख र सम्बन्धित शाखा प्रबन्धकका साथै विद्यार्थी र क्याम्पस प्रमुखको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*