निफ्राको दुईजना नयाँ संचालक निर्वाचित

१ पुष २०७८, बिहीबार १०:०८

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को संचालकमा दुइ जना निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको मंसिर २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

साथै सोही सभाबाट आव २०७८।०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षकमा एमजिएस एण्ड एशोसियट्स, चार्टर्ड एकाउटेन्ट्सलाई ३ लाख ३९ हजार रुपैयाँ (कर सहित) पारिश्रमिक निर्धारण गरी नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*