हिमालयन बैंंकद्धारा शिव नमुना माबिका २४ जना विद्यार्थीलाई छात्रवृत्ति

१ पुष २०७८, बिहीबार १७:२९

काठमाडौं । हिमालयन बैंक लिमिटेड कावासोती शाखाले श्री शिव नमुना माबिमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारि उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको बैंकले जनाएको छ । उक्त सामाग्री कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले सम्बन्धित विद्यार्थीलाई प्रदान गरेका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*