कामना सेवा विकास बैंकद्धारा जनचेतनामूलक साइन बोर्ड हस्तान्तरण

४ पुष २०७८, आईतवार १६:५२

काठमाडौं । कामना सेवा विकास बैकले प्रहरी वृत्तलाई जनचेतनामूलक साइन बोर्ड हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बैंकले महानगरीय प्रहरी वृत्त मालीगाउँलार्ए जनचेतनामूलक साइन बोर्डहरु, माक्स तथा स्यानिटाएजर हस्तान्तरण गरेको हो ।

उक्त सामाग्री बैंकका संचालक विश्वव्श्रर सुवेदी तथा नायब प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । जनचेतनामूलक बोर्डहरु सहरका विभिन्न ठाउँमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ । संचालक सुवेदी अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा न ३० का वडा अध्यक्ष दलबहादुर कार्कीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*