ग्रामिण विकास लघुवित्तको अध्यक्षमा धन बहादुर बरुवाल नियुक्त

५ पुष २०७८, सोमबार १५:४१

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा धन बहादुर बरुवाल नियुक्त भएका छन् ।

कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयबाट संचालकमा प्रतिनिधित्व गर्ने बरुवालाई उक्त कम्पनीको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

साथै सोही बैठकले बुटवलको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल राष्ट्र बैंकको तर्फबाट प्रतिनिधित्व गरेका निर्देशक सुदिप फुयालको सट्टामा निर्देशक रञ्जना पौडेल पण्डीतलाई मंसिर २२ गतेदेखि लागू हुनेगरी संचालक समितिमा निर्वाचित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*