बीमा समितिका अध्यक्ष सूर्य सिलवालको कीर्ते कामबारे अख्तियारमा उजुरी

६ पुष २०७८, मंगलवार १९:२६

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बको व्यवसाय दिने गरी यही मंसिर ९ गते गरिएको निर्णय कीर्ते भएकोले सो कार्यमा संलग्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका आधा दर्जन व्यक्तिहरुलाई कारवाहीको माग गर्दै भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बीमा समितिले गत मंसिर ९ गते नेपालमा सञ्चालित बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गनुपर्ने निर्णय गरेको थियो । सो बीमाको आधारभूत सिद्धान्तभन्दा विपरित भएको सो निर्णयले सिंगो बीमा व्यवसाय तरंगित छ । यसले जोखिम विविधिकरण नभई बीमाको दावी भुक्तानी हालको कोरोना बीमाको जस्तो अवस्थामा पुर्याउने छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक छ अर्बको व्यवसाय दिनेछ ।

गत मंसिर २२ गते दुई जनाले दर्ता गरेको उजुरीमा मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकमा अध्यक्ष सूर्य प्रसाद सिलवालले कीर्ते गरेको भन्दै कारवाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो । बीमा समितिका सञ्चालक कानुन मन्त्रालयका उप सचिव सुशिल कोइराला, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, अर्थमन्त्रालयका उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय महाशाखाका प्रमुख रमेश कुमार केसी, अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीसहितको संलग्नतामा बीमा समितिले कीर्ते काम भएको दुई जना उजुरीकर्ताले दावी गरेका छन् ।

बीमा समितिको सञ्चालक समितिमा भएको अनैतिक कार्यको सम्बन्धमा अर्थमन्त्रालयले समेत छानविन गरिहेको छ । सो मुद्दामाथि दुई साताअघि नै अख्तियारमा मुद्दा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको छ । सि ०१८५११ नम्वरको दर्ता नम्वरको उजुरीमाथि छानविन अघि बढाइएको आयोग स्रोतले जनाएको छ ।

आयोगमा उजुरी परेपछि मन्त्रालयले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई बोलाएर सोधपुछ गरेको खुलेको छ । सो क्रममा सिलवालले आफूले गरेको कामको अख्तियारको सामाना आफै गर्ने जवाफ दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

आयोगमा दर्ता गरिएको उजुरीमा बीमा समितिको सञ्चालक समितिको बैठकमा कीर्ते गरिएको तथा सञ्चालक समितिले निर्णय गरेको भन्दा फरक निर्देशन जारी गरी बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अख्तियार दुरुपयोग गरेकोले पक्राउ गर्न माग गरिएको बीमापोष्टलाई प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरीको कपिमा उल्लेख छ ।

 

One thought on “बीमा समितिका अध्यक्ष सूर्य सिलवालको कीर्ते कामबारे अख्तियारमा उजुरी

  1. Janga Bahadur Rajbanshi says:

    Ramro chhabin hos ra kada karbahi hos

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*