ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

७ पुष २०७८, बुधबार ०९:४७

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकका केही संस्थापक शेयरधीहरुले आफ्नो नाममा रहेको शेयरमध्ये आंशिक वा पूरा शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति कित्ता शेयर खरिद गर्न चाहेको हो विवरण खुलाई निवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्तिलाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*