एक्सेल डभेलपमेन्ट बैंकको अवतरिक हकप्रद शेयरमा आवेदन दिने म्याद थप

७ पुष २०७८, बुधबार ११:२२

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने समय थप गरेको हो ।

कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुल्ला गरेको उक्त हकप्रद शेयरमा सर्वसाधारण समूहतर्फको २७ हजार २५७ दशमलव २००४ कित्ता शेयरको लागि मंसिर २९ गतेदेखि पुष ७ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरिएकोमा पुष ४ गते सार्वजनिक बिदा परेको कारण पुष ७ गतेसम्म शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*