बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?

७ पुष २०७८, बुधबार १४:५३

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कम्पीको रजिष्टार्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र २०७३ असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*