शेयर बजारमा सकारात्मक मूल्य वृद्धि, ९२ अंकले बढ्यो नेप्से

७ पुष २०७८, बुधबार १५:१६

काठमाडौं । नेप्से ९२ दशमलव १६ अंकले बढ्दा २५०७ दहमलव ७० को विन्दुमा कायम भएको छ।सूचीकृत २२३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरखरिद बिक्रि हुँदा ४ अर्ब ५२ करोड रुपैयाँ शेयर कारोबार भएको छ । आज शेयर बजारमा सकारात्म सुधार आँउदा सबै क्षेत्रको उपसूचक हरीयाली भएको छ।

अरुरण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम सिमेन्ट लिमिटेड, अपर तामाकोसी र बरुण हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

यस्तै आधा दर्जन कम्पनीको मूल्य ९ प्रतिशत माथि बढेको छ । बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

हिमालयन डिष्टिलरीको प्रतिकित्ता ७ हजारमा ६८ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसीको ६४९ मा १५ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

अहिले बैंकसँग लगानी गर्ने रकम शून्यप्राय छ । कर्जा निक्षेप अनुपात ९सीसीडी० ९१।१४ प्रतिशत पुगेको छ । बैकिङ प्रणालीमा १७ अर्ब रुपैयाँ मात्र अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । सरकारले पुँजीगत खर्च बढाएमा बैंकिङ प्रणालीमा तरलता बढ्ने छ । यसले शेयर बजारमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*