बस्तुको आयातामा गरिएको कडाई दीर्घकालिन रुपमा अगाडि बढ्दैन : राष्ट्र बैंक

७ पुष २०७८, बुधबार १९:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको १८ वटा बस्तुको आयातामा गरिएको कडाई दीर्घकालिन रुपमा निरन्तर रुपमा अगाडि नबढ्ने भएको छ। आर्थिक पत्रकारहरुसँगको छलफलको कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका हुन् ।

विदेशी मुद्रा सञ्चिति र तरलतामा दबाब परेकोले अहिलेको अवस्थालाई व्यवस्थापा गर्न छोटो अवधिका लागि आयातमा कडाई गरिएको उनले कार्यक्रममा बताएका छन् । राष्ट्र बैंकले वस्तु छनोट गरि कडाई गरिएको हुँदा यसले मूल्यवृद्धिमा कुनै असर नगर्ने उनले बताए ।

सरोकारवालाहरुले भने झै रोजगारीमा भने सुरु सुरुमा केही असर पर्ने भएपनि नेपालको अर्थतन्त्रलाई अस्थिर राखेर यो क्षेत्रले गुमाउन सक्ने रोजगारीको चिन्ता राष्ट्र बैंकलाई कम हुने उनको भनाई छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*