सामुदायिक लघुवित्तको आठौं वार्षिक साधारण सभा पुष २९ गते

८ पुष २०७८, बिहीबार ११:४८

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको संचाल समितिको बैंठकले साधारण सभा हिमालय दृश्य रिसोर्ट बनेपा–६ भ्यू टावर मार्ग काभ्रपलाञ्चोकमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्र्नुका साथै चालुु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नछ ।

त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण पारित गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्न भएकाले पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*