नेप्सेले डाक्यो ४०औं साधारण सभा, यस्ता छन् एजेण्डा

८ पुष २०७८, बिहीबार १३:५६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । नेप्सेको पुष ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभा पुष २९ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड युएनआई शान्तिमार्ग, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ६६.६७ प्रतिशतका बोनस शेयर र कर प्रयोजनका लागि चुक्तापूँजी ६० करोडको १०० प्रतिशत नगद लाभांश वितरण पारित गर्नेछ । साथै अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, ४० औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको वित्तीय विवरण, नाफा नोक्सान तथा हिसाब, इक्वीटीमा भएको परिवर्तन विवरण, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङको वित्तीय विवरण सहितको एकीकृत विवरण स्वीकृत गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

नेप्सेले साधारण सभा प्रयोजनका लागि पुष १८ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १८ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा उपस्थित हुन र नेप्सेको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*