लुम्बिनी विकास बैंकको साधारण सभा भोलि बस्ने, १३% लाभांश पारित मुख्य एजेण्डा

८ पुष २०७८, बिहीबार १४:०२

काठमाडौं । लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा भोलि (पुस ९ गते) बस्दै छ । सभा केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ः१५ बजे अनलाईन मार्फत बस्नेगरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*