नेप्से १२ अंकले बढ्दा झण्डै साढे ४ अर्बको शेयर कारोबार

८ पुष २०७८, बिहीबार १५:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन करिब सय अंकले बढेको नेप्से आज १२.५३ अंकले मात्र बढ्न पुगेको छ ।

पछिल्लो समय बैकिङ प्रणालीमा देखिएको तरलता कमीको प्रभावले शेयर बजारमा प्रभाव पारेको देखिन्छ । पछिल्लो केही महिनायता नेप्से परिसूचक २३।२४ सयको विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेपरिसूचक ०.५० प्रतिशतले बृद्धि भएर २५२०.२३ विन्दुमा कायम भएको छ । नेप्समा सूचिकृत रहेका २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ३ उपसूचक बाहेका सबै सूचक राताम्य भएका छन् । विकास बैंक समूह, हाइड्रोपावर समूह र फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आई राताम्य भएका हुन् ।

त्यस्तै, हिमालयन डिस्टिलरीको सर्वाधिक ३६ करोड २४ लाख भन्दा माथिको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*