एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

८ पुष २०७८, बिहीबार १५:२०

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

अघिल्लो दिन करिब सय अंकले बढेको नेप्से आज १२ अंकले मात्र बढ्न पुग्दा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज नेप्समा सूचिकृत रहेका २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको कारोबार भएको छ ।

४ अर्बमाथिको कारोबार हुँदा बिहिबार सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन ३६ करोड २४ लाख ८४ हजार ८३६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सको २० करोड ६८ लाख, अरुण भ्याली हाइड्रोपावरको १४ करोड १० लाख, जीवन विकास लघुवित्तको १३ करोड ५५ लाख र अपि पावर कम्पनीको १२ करोडा ८५ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*