शिखर इन्स्योरेन्सको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?
८ पुष २०७८, बिहीबार १५:२४

काठमाडौं । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच हुदाँ करिब साढे ४ अर्ब माथिको कारोबार भएको छ ।
आज नेप्से परिसूचक सामान्य अंकले बढेतापनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज शिखर इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बरुण हाइड्रोपावरको ९.३१ प्रतिशत, जीवन बिकास लघुवित्तको ९.०७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.८७ प्रतिशत, नेको इन्स्योरेन्सको ८.०२ प्रतिशत, शिभम् सिमेन्टको ६.२२ प्रतिशत, एजएलजी इन्स्योरेन्सको ५.८२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४.९४ प्रतिशतले वृद्धि भएको हो ।