गोर्खाज फाइनान्ससहित आज सर्वाधिक गुमाउने कम्पनी

८ पुष २०७८, बिहीबार १५:३०

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १२.५३ अकंले बढ्दा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको हो ।

अघिल्लो दिन करिब सय अंकले बढेको नेप्से आज १२ अंकले मात्र बढ्न पुगेको छ । नेप्से सोही अंकले बढेपनि आज केही कम्पनीको शेयरमूल्य भने घट्न पुगेको छ ।

बिहिबार सर्वाधिक शेयरमूल्य घट्ने कम्पनी अर्थात् सर्वाधिक गुमाउने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज ६.७४ प्रतिशत अंकले घटेको हो ।

त्यस्तै,, समलिङ पावरको ४.८० प्रतिशत, सिन्धु विकास बैंकको ४.४७ प्रतिशत, लक्ष्मी उन्नति कोषको ३.७८ प्रतिशत, हिमालयन उर्जा विकासको ३.७२ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ३.५८ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*